किन संगठित हुँदैछन् पूर्व आईजीपी !

| 2021 Apr 09 | 01:16 pm 55697

काठमाडौं, चैत २७ः सेवामा रहँदा वा बढुवाका समयमा सत्रुता व्यवहार गर्ने नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरु यतिखेर देशको सुरक्षा र अवस्थाबारे चिन्ता लिँदै एकजुट भएका छन् ।

पूर्व प्रहरी महानिरीक्षक धुर्वबहादुर प्रधानको सकृयतामा मोतीलाल बोहोरा देखि ठाकुर ज्ञवालीसम्मका पूर्व महानिरीक्षकको भेला सम्पन्न भएको छ । आपसी विवाद र फुटका कारण सेवा निवृत्तपछि राज्यले बेवास्ता गरेको निश्कर्ष सहित गरिएको भेटघाट कार्यक्रम प्रधानको निवासमा दिवा खाजा सहित भएको थियो ।

नेपाल प्रहरीलाइए जनस्तरसम्म सक्षम र सवल बनाउन संगठनलाई सुझाव दिने देखि देशको समसामयीक राजनीतिका विषयमा पूर्व आईजीपीहरुले छलफल गरेको बुझिएको छ ।

पूर्व प्रहरी संगठन सकृय स्तरमा संचालनमा रहेपनि आईजीपीहरुले पूर्व महानिरीक्षक क्लब बनाउन खोजेको बताइएको छ ।

हरेक महिनामा राजनीतिक विश्लेषण देखि प्रहरीको सकृयताका विषयमा छलफ गर्न बस्नुपर्ने निश्कर्ष निकालिएको बुझिएको छ ।

भेलामा धुर्वबहादुर प्रधान, अच्युुतकृष्ण खरेल, श्यामभक्त थापा, ओमविक्रम राणा, रमेशचन्द ठकुरी, रविन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनालको समेत उपस्थिति रहेकोथियो ।

पूर्व आईजीपीको यो भेलालाई अर्थपूर्ण रुपले हेरिएको भएपनि उनीहरुको एकता र भेलाले मुलुकलाई के दिशा निर्देश गर्ला त्यो भने बुझ्न सकिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.