किन म भाईरल हुन सकिन ?

| 2023 May 31 | 05:10 pm 3437

किन म भाईरल हुन सकिन ?

दुनियाँ भाईरल भएको देखिन्छन् खै म भने हुनै सकिन ।
तरिका नै थाहा नपाएर होलाकी आफैलाई बुझ्नै सकिन ।।

फन्डा अनेक फालिदिन्छन्  अटेन्सन सिकर बन्ने निउँमा ।
अन्टसन्ट दोधारे शब्द चयन नहुँदा भाईरल हुनै सकिन ।।

छिमेकि ट्याप ट्याप गरिदिनु भन्दै चिच्याउँछ रातैभरि ।
भाईरल बन्दैछ होला छिमेकी तर आफै म सुत्नै सकिन ।।

कस्तो जमाना आयो कोहि फुर्सदमा छैनन् जस्तो लाग्ने ।
भाईरल बन्ने निउँमा दिनदिनै फोटो पोस्ट्याउनै सकिन ।।

समय दिने ठाँउ छैन फुर्सद बढि काम दिने कोहि छैन ।
दिन कटाउने मेलोमेसो गर्या होलान बिरोध गर्नै सकिन ।।

कसैलाई केहि भन्नु हुदैन ओठे जबाफ फर्काई हाल्छन ।
बुझेका सुनेका मनमा लागेका कुरा भन्दै हिड्नै सकिन ।।

कति बिकृतिआयो है सामाजिक संन्जालमा आजभोलि ।
भाईरल बन्ने रहरलेआधार बिनाका तर्कहरु गर्नै सकिन ।।

  • सुभाष बाेहरा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.