किन बोलाए आजै प्रधानमन्त्रीले स्थाई समितिको बैठक ?

| 2021 Feb 24 | 08:32 am 3137

काठमाडौँ फागुन १२: गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सरफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरि निर्वाचनमा जाने निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिए पछि यस बिषयमा छलफलगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेकपाको स्थायी समिति बैठक बोलाएका छन।

प्रधानमन्त्रीको सचिवालयले रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि स्थायी समितिको बैठक बोलाएको बताइएको । बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका हुन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.