किन बाचिरहेको ?

रिपोर्ट नेपाल | 2022 Aug 24 | 02:24 pm 4001

(कबिता)  किन बाचिरहेको ?

 

रोईरहेको
कराईरहेको
नेतृत्वका लागि बोझ भएको
ए गरिब तँ किन बाचिरहेको ?

बाँचेर बाँचे जस्तो नदेखिने
हाँसेर हाँसेजस्तो नदेखिने
अभावको भुमरिमा नाँचिरहेको
ए गरिब तँ किन बाँचिरहेको ?

के तँ गरिबलाई देशको चिन्ता छ ?
बिधान र नितिका अबसेषको चिन्ता छ ?
खालि पेटकै हाँहाँकार मच्चाइरहेको
यो गरिब किन बाँचिरहेको ?

पुग्यो भन्ने कोहि छैन
भन्छ खालि बाटो छैन
बिजुलि छैन, अस्पताल छैन
अझ भन्छ गरिबको सरकार छैन
कोई पनि नभएको !
ए गरिब तँ किन बाँचिरहेको ?

सूर्य प्रसाद खनाल, गुल्मी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.