किन बस्यो सुरक्षा परिषद्को आकस्मिक बैठक !

रिपोर्ट नेपाल | 2018 Sep 21 | 04:28 pm 2135

काठमाडौं, असोज ५ : मुलुकभर शान्ति सुरक्षामा चुनौती आएको भन्दै सुरक्षा परिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित बैठकमा सबै सुरक्षा निकायका उच्च अधिकारीको उपस्थिति रहेको छ ।

एकपछि अर्को सुरक्षाको चुनौती थपिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठकमा वर्तमान सुरक्षा र भावी सुरक्षा रणनीतिका विषयमा समीक्षा भइरहेको समाचार स्रोतले जनाएको छ ।

सुरक्षा परिषद्को बैठक सकिए लगत्तै आजै मन्त्री परिषद्को बैठक बस्ने कुरा पनि स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.