किन जान्छन यी असई पटक पटक मलेशिया ?

| 2023 Sep 08 | 01:27 pm 478153

राैतहट, भदाै २२ । जिल्ला प्रहरी कार्याल राैतहटका घुमुवा असई श्याम सुन्दर साहको पटक पटकको मलेशिया भ्रमणको प्रहरी वृतमा चर्चा हुन लागेको छ ।

कतिपय प्रहरी कर्मचारीका घर परिवारका सदस्य विरामी परेर अस्पतालको शैयामा छटपटाउदा समेत विदा पाउँदैनन तर असई श्याम सुन्दर साह भने यो वर्ष मात्रै तीन पटक मलेशिया पुगेका छन् । गएको बैशाख र असारमा मलेशिया गएका साह फेरी भदाै १७ गते १२ दिनको विदा स्वीकृत गराएर २० गते त्यसतर्फ उडेको समाचार स्रोतको दावी छ । नेपाल प्रहरीमा प्रवेश गरेर पास आउट भए देखि अहिलेसम्म वर्दी नलगाएका साह निवर्तमान प्रहरी प्रमुख धिरजप्रताप सिंहका किचन क्याविनेटका सदस्य जस्तै हुन् । सिंह एसपी हुँदा जवान रहेका साह त्यसवेला र डिआइजी हुँदा हवल्दार रहदा घुमुवा बसेका थिए । धिरज प्रताप सिंह प्रहरी प्रमुख हुँदा यिनै साहलाई सिङ्गल असई बनाएर गुन लगाएका थिए ।

दर्जाले असई भएपनि उनको खानपान र चुरीफुरी माथिल्लो तहका अधिकृतको भन्दा कमी हुदैन । तराई मधेशका व्यापारी र तस्करसँग रबाफ र प्रभाव पार्दै असुलीमा एक नम्बर मानिने असई श्याम सुन्दर साहको पटक पटकको भ्रमणलाई रहस्यमय तरिकाले हेरिएको छ । सधै सादा पोशाकमा हिड्ने  साहलाई कसको संरक्षण रहेको छ त्यो भने बुझ्न सकिएको छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.