काठमाडौं, १३ : पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार निजि भ्रमणका क्रममा तराईका जिल्ला जाने भएका छन् । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार आज अपरान्ह ४ बजे हवाइजहाजबाट सिमारा जाने र एक हप्ता सिमरा मै बस्ने कार्यक्रम रहेको छ ।
पूर्वराजा एक हप्तासम्म सिमरामा बस्दा प्रभुवासमा बस्ने बुझिएको छ । एक हप्ताको सिमरा बसाईपछि पूर्व राजा शाह दमक जाने कार्यक्राम रहेको छ ।
सिमरामा एक हप्ता बसे पनि दमकमा भने लामो बसाई हुने भएको छ । भ्रमणका क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।