किन जाँदैछन् प्रचण्ड अमेरिका ?

| 2019 Mar 17 | 01:08 pm 2333

काठमाडौं चैत्र, ३ : पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज अमेरिका जाँदैछन् । धर्मपत्नी सीता दाहालको उपचारका लागि उनी आइतबार साँझ ५ बजे अमेरिका जान लागेको उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड दम्पतिसँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जाने भएका छन् । दुई महिनाअघि देखि प्रचण्ड पत्नीसीतालाई उपचारका लागि अमेरिका जाने तयारीमा थिए ।

प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले भेटेर अमेरिका जान सहजीकरण गरिदिएका थिए । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई रोगले च्यापेको छ ।

यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएको छोरी गंगाले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.