किन गरे नर्सले अस्पतालमै आत्महत्या ?

रिपोर्ट नेपाल | 2019 Apr 21 | 10:05 am 2363

धनुषा, वैशाख ८ : जानकी हेल्थ केयर एण्ड टिचिङ्ग अस्पतालमा कार्यरत एक नर्सले झुण्डिएर आत्महत्या गरेका छन् । आइतबार अस्पताल परिसरको शौचालयमा झुण्डिएको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका रामनगरकी २४ वर्षीय रक्षा आलेको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार मृतक आलेले राति नै शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएको हुनसक्ने बताए । मुचुल्का तयार गरी मृतकको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको जानकारी प्राप्त भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.