काेराेनाबाट नेपालमा पहिलाे पटक चिकित्सकको मृत्यु

| 2020 Oct 01 | 06:05 pm 2608

सुर्खेत, असाेज १५ः नेपालमा कोरोना भाइरसबाट पहिलाे पटक चिकित्सकको मृत्यु भएको छ। प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक ५९ वर्षीय डा. हरिप्रसाद सापकोटा रहेका छन् । उनको उपचारका क्रममा बिहीबार बाँकेमा मृत्यु भएको  बुझिएकाे छ ।

सापकोटालाई तीन हप्ताअघि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो। आईसीयूमा उपचाररत उनको बिहीबार दिउँसाे मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पुष्टि गरे ।

आज विहानमात्रै बाँकेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको बताइएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.