काेराेनाकाे उच्च जोखिममा परेका चार जिल्लामा लकडाउन कडा बनाउन गृह मन्त्रालयले निर्देशन

रिपोर्ट नेपाल | 2020 Jun 17 | 07:26 am 1582

काठमाडाैं, असार ३ः कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा परेका चार जिल्लामा लकडाउन कडा बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर चार जिल्लालाई लकडाउन कडा बनाउन मन्त्रालयले निर्देशन दिएको हो ।

कोरोनाको उच्च जोखिममा परेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखमा लकडाउन कडा बनाउने भनिएको छ । चार जिल्लामा दैनिक संक्रमितको संख्या बढिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.