नेपालमा काेराेना संक्रमितकाे संख्या ६ सय ८१, ४ जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 May 25 | 08:26 pm 1339

काठमाडाैं, जेठ १२ः सोमबार दिउँसो थप ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । सोमबार विहान मात्र ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा सोमबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल ६ सय ८१ पुगेको छ । सोमबार विहान एक जनाको कोरोना भाइरस कोभिड १९ को कारण मृत्यु भएपछि संक्रमितको संख्या भने ६ सय ८२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमित सबै पुरुषहरु रहेको जानकारी दिए।

प्रवक्ता देवकोटाका अनुसार थपिएका संक्रमितहरुमा अछामका १ जना, बर्दियाका ३ जना , पर्साका १ जना र काठमाडौं घर भइ बारा कलैया बसेर काम गर्ने एक पुरुष रहेका छन् ।

काेराेनाकाे संक्रमणबाट चौथो व्यक्तिको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । गत जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका ७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.