काेराेना संक्रमित अध्यक्षले भने यसलाई अवसरकाे रूपमा लिएकाे छु

| 2020 May 26 | 03:20 pm 2651

गुल्मी, जेठ १३ः धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पाेख्रेलले आरडिटी परीक्षणबाट आफ्नाे रिपाेर्टमा पाेजेटिभ देखिए पनि आफू उच्च मनाेबलका साथ एकान्त बास बस्ने जनाएका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पाेख्रेलले आफू गाउँपालिका र सदरमुकाम तमघासका बैठकमा बाहेक अन्यत्र कही नगएकाे जनाउँदै आफ्नाे रिपाेर्ट पाेजेटिभ आएपछि धुर्काेट उच्च जाेखिममा रहेकाे उल्लेख गरेका छन् ।

आफ्नाे स्वास्थ्य सामान्य भएकाेले अत्तालिनु पर्ने अवस्था नरहेकाे जनाउँदै अध्यक्ष पाेख्रेलले यसाे भन्दैमा उच्च सतर्कता भने अपनाउन जरूरी रहेकाे जनाएका छन् ।

संक्रमणलाई अवसरका रूपमा लिएकाे जनाएका पाेख्रेलले आफ्नाे केही हप्ताकाे एकान्त बसाईमा गाउँकाे भावी विकास बारे नयाँ नयाँ मार्ग चित्र बनाउने विज्ञप्तिमा उल्लेख छ ।

आफ्नाे याे एकान्त बसाई राेगसँग लड्न र समृद्धी धुर्काेट निर्माणका लागि हुने विज्ञप्तिमा उनले उल्लेख गरेका छन् । अध्यक्ष पाेख्रेलले याे संकटकाे घडीमा राेगलाई फैलिन नदिन समाजिक दूरीलाई कायम राख्न सम्पूर्ण जनतालाई आग्रह गरेका छन् ।

अध्यक्ष पाेख्रेलकाे सिध्र स्वास्थ्य लाभकाे लागि रिपाेर्ट नेपाल डटकम परिवार कामना गर्दछ ।

Image may contain: text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.