काेराेना जितेका युवकलाई नर्सले फूल दिएर बिदाई गर्दा प्रहरीले हतकडी लगाए

रिपोर्ट नेपाल | 2020 Jun 03 | 04:48 pm 1936

बैतडी, जेठ २१ः कोरोना सङ्क्रमित २२ वर्षीय युवकले कोरोना जितेर उन्मुक्ति पाएको खुशीमा नर्सले फूल दिएर शुभकामना दिँदै गर्दा प्रहरीले ती युवकलाई हतकडी लगाएको छ ।

बैतडीको शिवनाथ गाउँपालिका २ की १९ वर्षीया किशोरी गीता महर मृत्यु प्रकरणमा पक्राउ परेका ती युवकलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न यसअघि दिएको आदेशअनुसार पक्राउ गरिएको हो ।

गत वैशाख १५ गते गीता महर मृत्यु प्रकरणमा पक्राउ परेका २२ वर्षीय युवकलाई जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरी हिरासतमै रहेका बेला कोरोना पुष्टि भएपछि ती युवकलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

१३औं दिनमा युवकले बुधबार कोरोना जितेपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्।अस्पतालले डिस्चार्ज गरे लगत्तै प्रहरीको टोलीले युवकलाई कारागार पुर्‍याएको थियो।

संक्रमित युवकको १० औं दिनको रिर्पोट र त्यसपछिको २४ घण्टामा लिइएको स्वाबको रिर्पोट नेगेटिभ आएपछि युवकलाई अस्पतालबाट डिस्चार्ज गरिएकाे बताइएकाे छ ।

ती युवक गत चैत ६ गते भारतको दिल्लीबाट स्वदेश फर्किएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.