कास्की २ मा नेकपाकी विद्या भट्टराई विजयी

रिपोर्ट नेपाल | 2019 Dec 01 | 07:04 pm 3196

काठमाडौं, मंसिर १५: कास्की २ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय ९ को मतले पराजित गर्दै उनी विजयी बनेकी हुन् ।

उनले २४ हजार ३ सय ९५ मत ल्याएर विजयी बनेकी हुन् । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उमेद्वार खेमराज पौडेलले १५ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् ।

अघिल्लो निर्वाचनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जित सँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।

विद्या भट्टराईलाई खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.