कालोबजारी गर्ने ग्यास स्टोरलाई २ लाख रुपैयाँ जरिवाना

रिपोर्ट नेपाल | 2020 Apr 03 | 08:07 am 1631

काठमाडाैं, चैत २१: बजारमा ग्यास कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्ने एक ग्यास स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको डल्लुसिथ्त ओम सरस्वती स्टोरलाई २ लाख उक्त जरिवाना गराएकाे  हो । उक्त स्टोरले आधा सिलिण्डर ग्यासको मूल्य नै ८ सय रुपियाँ असुल्दै आएको विभागले जनाएको छ ।

ग्यासको अभाव कम गर्न भन्दै नेपाल आयल निगमले आधा सिलिन्डर बेच्ने व्यवस्था गराएको थियो । तर निगमले तोकेको मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा भए पनि उक्त स्टोरले ८ सयमा ग्यास बिक्री गरेको भेटिएपछि कारबाही गरिएको हो ।

खाद्यान्न तथा ग्यास बिक्री गर्ने पाँचवटा डिपो र स्टोरहरुको अनुगमन गर्ने क्रममा बिहीबारै विभागले वस्तु बिक्री मूल्यसूची नराख्ने बलम्बुको एक स्टोरलाई पनि २० हजार जरिवाना गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.