कालोपुलमा गोली हानाहान हुँदा राजन लिम्बु घाइते

| 2018 Dec 07 | 03:00 pm 1719

काठमाडौं, मंसिर २१ : काठमाडौँको कालोपुलमा गोली हानाहान भएको छ । प्रहरीसँगको गोली हानाहानमा इटहरी उपमहानगरपालिका ५ स्थायी घर भएका राजन लिम्बु घाइते भएका छन् ।

लिम्बुसँग गोली र पेस्तोल भएको सूचनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी फायर खोलेको थियो ।

लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ । घटनामा प्रहरीको गोली लिम्बुको खुट्टामा लागेको छ ।

उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ । यसअघि लिम्बुमाथि १८ वटा मुद्दा लागेर १३ बर्ष जेल सजायसमेत भोगिसको छन् ।उनी यसअघि बैंकमा गएर पेस्तोल देखाउदै लुटपाट गर्ने गरेको नाइके समेत भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.