कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार

रिपोर्ट नेपाल | 2022 Jun 17 | 08:54 am 1513

पाल्पा, असार ३ः कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ।

पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुङ्गा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए। डुङ्गा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी र्दिए।

स्थानीयवासी र डुङ्गा चालकले बेपत्ताको उद्धार गरेका हुन्। वर्षायाम सुरु भएकाले डुङ्गा नचलाउन सुझाव दिएको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.