गुल्मी, भदौ २५: परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर आर्थिक विकासको मेरुदण्ड भएको बताएका छन ।
२ ठुला शक्तिशाली अर्थनीति भएका छिमेकी मुलुक जोड्ने सबैभन्दा छोटो सडक भएकाले मुलुकको आर्थिक विकास कालीगण्डकी करिडोर भएको बताए ।
सोमबार कालीगण्डकी करिडोर सडक योजना नेपाली सेनाले रिडी–रुद्रवेणी खण्डलाई १० मिटर चौडा गरेर सर्वाजनिक यातायात शुभारम्भ गर्ने कार्यक्रमलाई सम्बोधन गदै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उक्त कुरा बताएका हुन ।

दुई शक्तिशालि अर्थनिती भएका चिन र भारतजस्ता छिेमेकी मुलुक जोड्ने ३ सय ५० किलो मिटर सडक नेपालको आर्थिक विकासको मेरुदण्ड भएको उनले बताए ।
यसका साथै यो सडकसगँ धार्मिक र सास्कृतिक महत्व समेत जोडिएको छ । लुम्बिनी, मुक्तिनाथ र मानसरोवर जस्ता धार्मिक तथा सास्कृतिक महत्व भएका स्थलहरुलाई समेत करिडोरले जोडेको भन्दै कालीगण्डकी करिडोरलाई नेपालीहरुले भाग्य रेखाको रुपमा लिन मन्त्री ज्ञवालीले आग्रह गरे ।
मैले यस सडक लगायत अन्य राष्ट्रिय गौरवका आयोजनाहरुको वारेमा भारतीय तथा चिनियाँ समकक्षीहरुसगँ कुरा अगाडि बढाएको छु परराष्ट्र मन्त्रीले भने‘ करिडोर तथा अन्य योजनाहरुमा उनीहरुको सहयोग रहन्छ ।’ उनले सडक विकासको प्रमुख आधार भएकाले विकासलाई उत्पादनसगँ लैजानु पर्नेमा उनको जोड रहेको छ ।

कालीगण्डकी करिडोर सम्पन्न भएपछि यहाँ ठुला–ठुला कन्टेनरहरु सामान लिएर आउने भन्दै उनले सामान लिएर आउने ती कन्टेनरहरुलाई रित्तै पठाउन नहुने बताए । एक व्यक्तिले उत्पादन गरेर मात्र हुदैन समुह सहकारी मार्फत सामुयिक उत्पादनमा लाग्नुस आम्दानी समेत राम्रो हुन्छ भन्ने उनको भनाई रहेको थियो ।
सुभारम्भ कार्यक्रममा बोल्दै ५ नम्बर प्रदेशका मन्त्री लिला गिरी, प्रतिनिधी सभा सदस्य तथा पूर्व मन्त्री दिनानाथ शर्मा, अर्का सदस्य सुर्य पाठक , ५ नम्बर प्रदेश विशेषधिकार समिती सभापति कमलराज श्रेष्ठले नेपाली सेनाले छोटो समयमै गरेको उक्त कामको प्रशंसा गरेका छन् ।
उनीहरुले कालीगण्डकी करिडोर देशकै भाग्य र भविष्यसगँ जोडिएको गौरवको आयोजना भएको समेत बताए । उनीहरुले यस सडकले गरिबी वेरोजगार हटाउन समेत सहयोग पुर्याउने बताए ।
यस सडक निमार्ण सम्पन्न गर्नका लागि रकमको कुनै अभाव हुन्न ५ नम्बर प्रदेश विशेषधिकार समिती सभापति कमलराज श्रेष्ठले भने‘ नेपालीहरुको आर्थिक विकाससगै चीन र भारत जोड्ने सडक भएकाले केन्द्र प्रदेशवाट सडक सम्पन्न गर्नका लागि रकम उपलब्ध हुन्छ सबै ढुक्क हुनुहोस ।’ करिडोर अन्र्तगतको रिडी रुद्रवेणी सडक खण्डलाई चार महिनापछि १० मिटर चौडाई बनाएपछि आज सोमवारदेखि सडक खुलेका हो ।

गत बैशाख २० गतेदेखि नेपाली सेनाले खन्न शुरु गरेका उक्त खण्डको ७ किलो मिटरको सडकलाई १० मिटर चौडाई पारिएको छ । कालिगण्डकी करीडोर अन्र्तगत रिडी रुद्राबेनी खण्डलाई सेनाले १० करोड सडकलाई १० मिटरको चौडा पार्ने जिम्मा लिएको थियो । यस्तै सोमवारनै रुद्रवेणीदेखि थप १० किलोमटिर सडक चौडाई गर्नका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ ।
परराष्ट्र मन्त्री ज्ञवालीले रुद्रवेणीमा सडकको चौडाई पार्ने कामको शिलान्यास गरेका हुन् । शिलान्यास गदै मन्त्री ज्ञवालीले नेपाली सेनाले तोकिएकै समयभित्र उक्त सडकखण्ड पनि सम्पन्न गर्नेमा आफु आशावादी रहेको बताए ।