काठमाडौं, भदौ ६: कालीमाटी तरकारी तथा फलफूल बजार आजबाट सञ्चालनमा आएको छ। सरकारले अनुगमन गरेको विरोधमा बजार नै बन्द गरेका व्यवसायीले आज भने विक्रिवितरण गरेका छन्।
व्यवसायीले आन्दोलनका कार्यक्रम यथावत रहेको भन्दै कृषकलाई असर नपर्ने गरी विक्री भने नरोक्ने बताएका छन्।
कालिमाटी बजारमा अहिले तरकारी तथा फलफूल विक्रिवितरण सहजै भएको छ । सोमबार भएको अनुगमनपछि व्यवसायीले कालिमाटी बजारमा मंगलबार तरकारीको बिक्री वितरण ठप्प पारेका थिए।
यद्धपि भित्र–भित्रैबाट तरकारी विक्रि भइरहेको व्यवसायीहरुले जानकारी दिएका छन् ।