कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

रिपोर्ट नेपाल | 2022 Sep 12 | 01:24 pm 1337

काठमाडौं, भदौ २७ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ ।

डेंगु रोगको जोखिम कम गर्नका लागि मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले  सोमबार सूचना जारी गर्दै सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन अनुरोध गरेका हुन् ।

मन्त्रालयले एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुका समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले लामखुट्टेबाट बच्नलाई यस्तो आग्रह गरेको हो ।

साथै, डेंगु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नु पनि डा. अधिकारीले आग्रह गरेका छन् ।

मन्त्रालयले डेंगु नियन्त्रणका लागि प्रदेश जिल्ला  र स्थानीय तहसँगको समन्ययनमा डेंगु सार्ने लामखुट्टको लार्भा  खोज र नष्ट गर अभियानलाई तीव्र बनाएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.