कार्यकारी राष्ट्रपतिको एजेण्डा आगामी निर्वाचनमा छलफल हुन्छ: दाहाल

| 2018 Jun 10 | 12:51 pm 3513

मोरङ, जेठ २७: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी राष्ट्रपतिको विषयमा आगामी निर्वाचनको बेला छलफल हुने बताए ।

विराटनगरमा आइतबार पत्रकारसँगको कुराकानीमा उनले अहिलेको स्थिर सरकारले मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्ने बेला भएको बताउदै भने, ‘कार्यकारी राष्ट्रपतिको एजेण्डा आउँदो निर्वाचनका बेलामा छलफल हुन सक्ने दाहालले बताए।’

सत्य निरुपण तथा मेलमिलाप आयोगले शान्ति प्रकृयासँग सम्बन्धित बाँकी काम पूरा गर्नु पर्ने उनको भनाई छ। ‘आयोगको काम जुन गतिका साथ अघि बढनु पर्थ्यो । त्यसमा ढिलाई भएको हो,’ उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगलाई शान्ति प्रक्रियासँग सम्बन्धित सबै काम पूरा गर्न सरकारले समय थप गर्छ।’

निर्माण कम्पनीहरुले समयमा गुणस्तरीय काम गर्न एकाधिकार कायम भएका क्षेत्रहरुको एकाधिकार तोड्नका लागि गृहमन्त्रीलाई आग्रह गरेको अध्यक्ष दाहालले बताए। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिलाई समायोजन गर्दा महंगी बढेको उनले दाबी गरेका छन्।

राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउने बारे एकचरण छलफल भएको र अब पून: छलफल हुने दाहालले बताए। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी एकीकरणको विषयमा छलफल भएको तर अहिले तत्काल त्यसको संभावना नभएको उनले सुनाए।

प्रदेश २ मा अहिले नै तत्काल बामपन्थी सरकार बनाउनु भन्दा सुशासन र विकासमा लग्ने पहिलो प्राथमिकता भएको दाहालले बताए। संघीय समाजवादी र राजपाको गठबन्ध टुटेपछि प्रदेश २ मा बामपन्थीले सरकार बनाउने उनको भनाई थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.