कारबाही होईन फ्री मास्क तथा सेनेटाईज दिन सरकारलाई युवानेता भण्डारीको आग्रह

| 2020 Jul 07 | 12:11 pm 2236

धनगढी, असार २३ः नेपाल सरकारले मास्क नलगाई निस्कनेलाई कारबाही र पक्राउ अभियान शुरु गर्नु अघिदेखि नै हरिपृया–प्रकाश फाउन्डेसनले १९ हजार मास्क बाडेको छ ।

काठमाडौंदेखि कैलालीसम्म सडकदेखि अस्पतालसम्म १० हजार मायाको कोसेलीको नारा दिदै निःशुल्कमा अन्न, स्वास्थ–सौन्दर्यदेखि मोबाइल रिचार्ज कार्डसम्म युवानेता क्षितिज भण्डारीले बाडेका छन् ।

नेपाली कांग्रेस महासमिति सदस्य एवं नेविसंघ पूर्व कावा अध्यक्ष रहेका भण्डारीले आमा स्वर्गीय हरिपृया भण्डारीको स्मृतिमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन मार्फत एक हजार सञ्चारकर्मीको मनोबल उच्च पार्न मायाको कोसेली दिदै दिनहुँ नागरिकलाई राहत बाडिरहेका छन् ।

सडकदेखि कोरोना अस्पतालसम्म ९ बर्षकी छोरी आराध्याय र ७ बर्षका क्यारोलिन भण्डारी मार्फत धनगढीमा निः शुल्क मास्क अभियानको शुरूवात मात्र गरिएन ती कलिला नानी मार्फत प्रादेशिक कोरोना अस्पताल मै राहत बाडियो ।

धनगढीका मेयर नृप ओड, साहित्यकार गडसेरी माईला, महिला संघ अध्यक्ष पुष्पा भट्ट, नेपाल दलित संघका नेता नृप सुनार र शिक्षकप्रध्यापकलाई प्रमुख अतिथि बनाउदै युवानेता भण्डारीले १ दिने पूर्व सूचना दिएर निष्पक्ष ढङ्गले ठाउँको ठाउँ राहात बाडेकोमा प्रदेश सभा सांसद डिल्लीराज पन्तले खुशी ब्यक्त गरेका छन् ।

हरिपृया–प्रकाश फाउन्डेसनले धनगढीमा लकडाउनमा ज्यान जोखिममा राख्दै निशुल्क खाना र क्वारेन्टाइन संचालनलाई नव आदर्श युवा कल्ब र अध्यक्ष निराजन खड्का सहित २४ जाना समाजसेवी युवालाई प्रदेश सांसद डिल्लीराज पन्तद्वारा सम्मान गरेका छन् ।

पन्चोदय उमाबिमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पन्तले सरकारले फ्री मास्क र सेनेटाईजर नबाडेर सडकमा हिड्ने बिपन्न नागरिकलाई कारबाही गर्नु गलत भएको बताए ।

उनले सबैलाई मास्क लगाएर आफू र परिवारलाई सुरक्षित पार्न आग्रह गरे । नेता पन्तले समाजको परिवर्तन आदर्श युवा कल्बका अध्यक्ष जस्ता युवाहरूबाट मात्र सम्भव रहेको बताउदै कोरोना पीडितलाई राहत बितरण र युवा अभियन्ताको सम्मान कार्यक्रमका लागि युवानेता क्षितिज भण्डारीको निस्वार्थ सेवाभाव अनुकरणीय रहेको बताए ।

युवाको सम्मान अनि कोरेन्टाईनमा सहयोगको दुई बैग्लाबेग्लै कार्यक्रमका विशिष्ट अतिथि पन्चोदय उच्चमाविका प्राचार्य हरिष ओझाले आफ्नो सम्मानलाई आयोजक हरिपृया–प्रकाश फाउन्डेसन र प्रदेश माननीयलाई धन्यवाद दिदै स्कुल खोल्नका लागि चाडै क्वारेन्टाइन खाली गर्दै सेनेटाईज गराउन प्रदेश र स्थानीय सरकारसंग माग गरे ।

स्मरण रहोस हरिपृया–प्रकाश फाउन्डेसनले १० हजार नागरिकलाई मास्क, सेनेटाईजरसंग हिमालयको फेसवास, मन्जन, तेल, रेजर, सैम्फु, गर्मीको पाउडर, मच्छर धुप मार्फत अनुहारमा मुस्कान ल्याउन फरक खाले सामाग्री बितरण गरेको छ ।

मानिसहरुले नकारात्मक टिकाटिप्पणी गरेको भएता पनि बिस्तारै चामाल, ब्रेड, अण्डा, फलफुल, प्रेसर कुकर, छाता आदि थपेर आक्रमक राहत बितरण शुरुबाट सबैले प्रशंसा गरेकोले यो कार्यक्रम असार महिनामा पनि जारी रहने फाउन्डेसनका सस्थापक अध्यक्ष प्रकाशनारायण भण्डारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.