काभ्रेमा मिनीट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयाे

रिपोर्ट नेपाल | 2019 Jun 04 | 10:34 am 1543

काभ्रे, जेठ २१:  मंगलबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ चरङफेदीमा  मिनीट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी  मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार सुनसरी गढी गाउँपालिका  १८ वर्षीय अमिन साफी रहेको प्रहरीले जनाएको छ ।

आज बिहान साढे ५ बजे रामेछापबाट काठमाडौं आउंदै गरको बा ४ ख ५२३७ नम्बरको मिनीट्रक र विपरित दिशाबाट जाँदै गरेको बा ९५ प ७६८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक सोही ठाँउका २५ वर्षीय नजिर सापी घाइते भएका छन् । उनको मेथीकोट अस्पताल भकुण्डेबेसीमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.