काभ्रेमा भएकाे गोली काण्डबारे विप्लव समूहद्वार विज्ञप्ति जारी (विज्ञप्तिसहित)

रिपोर्ट नेपाल | 2019 Mar 21 | 08:03 pm 2187

काठमाडौं, चैत ७ : नेत्रविक्रम चन्दले नेतृत्व गरेको (विप्लव) समूहका स्थायी समिती सदस्य एवं मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले मंगलबार साँझ काभ्रेको रोशी गाउँपालिकास्थित काफलडाँडामा आफ्नो तर्फबाट गोली नचलेको दावी गरेका छन् ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै ‘सुदर्शन’ ले प्रहरीले भनेजस्तो आफ्ना कार्यकर्ताले पहिले नै गोली चलाएको र प्रहरीले जवाफी फायरीङ्ग गरेको कुरा असत्य भएको दाबी गर्दै भनेका छन्, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको बकवास गरिएको छ, यो झुट्टा बकवास जनयुद्धाकालमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.