काभ्रेमा पहिराेले पसल पुरिँदा एक बालककाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 18 | 01:23 pm 1749

काभ्रे, असाेज १: मंगबारदेखि परेकाे अविरल वर्षाका कारण पहिराे जाँदा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा पसल पुरिंदा एक बालकको मृत्यु भएको छ।

बुधबार बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका छोरा ४ वर्षीय दिपेश तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

पसल भित्र रहेका बालकलाई माथिबाट खसकाे पहिराेले किचेकाे हाे । बिहान ७ बजेदेखि पहिरो पन्छाउँदा ११ बजे बालकको शव फेलापरेको प्रहरीले बताए ।

ती बालकसहित सम्पूर्ण परिवार पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा एकतले कच्ची घरमा पसल सञ्चालन गर्दै आएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.