काभ्रेमा पहिराेले घर भत्किंदा दुईकाे मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2019 Jul 12 | 01:18 pm 1889

काभ्रे, असार २७:  लगातार परेकाे पानीका कारण पहिराे खसी घर भत्किँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बनेपा नगरपालिका ३ नाला भन्ने स्थानमा खसेको पहिरोले घर किच्दा रामप्रसाद दंगालकी श्रीमती गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको काभ्रेका एसपी जयराम सापकोटाले जानकारी दिए ।

घटनामा रामप्रसादकी बुहारी सुशिला दंगाल र तीन महिनाकी नातिनी अनुष्का घाइते भएका एसपी सापकोटाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.