काभ्रेमा टिपर र मोटरसाइकलमा आगजनी

रिपोर्ट नेपाल | 2018 Jul 08 | 07:25 am 4094

काभ्रे, असार २४ :काभ्रेको बनेपा नगरपालिका–१३ भैंसीपाटी पुलमा टिपर र मोटरसाइकलमा आगो लागाइएको छ।

टिपरले मोटरसाइकललार्इ ठक्कर दिँदा भएको दुर्घटनामा परी मोटरसाइकल चालक सुर्यबिनायक नगरपालिका–९ भक्तपुरका ५० वर्षीय पुष्करराज हुमागाई र उनकी ४० वर्षीया श्रमती छन् घाइते भएका छन । शिर साँगाबाट बनेपातर्फ आइरहेको बा २ ख ७०९१ नम्बरको टिपरले बा ३३ प ९०१६ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो ।

घाइतेमध्ये लक्ष्मीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । शिरमोरियल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाण्डौँस्थित सिभिल अस्पतालमा रिफर गरिएको चिकित्सकले जनाएका छन् ।

टिपरमा आगजनी

आक्रोशित स्थानीयले टिपरमा आगजनी समेत गरेका छन । टिपरसँगै मोटरसाइकलमा पनि आगजनी गरेका छन् । आगजनी पछि सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउनका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट ३० र इलाका प्रहरी कार्यालय बनेपामा २० जना गरी ५० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अरनिको राजमार्ग अवरुद्धका कारण सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, बर्दिया लगायतका जिल्लामा पुग्ने यात्रुहरु अलपत्र परेका थिए। प्रहरीका अनुसार टिपर चालक समेत घाइते छन्। उनको पनि उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.