काभ्रेमा आकस्मिक ७ वटा हेलिकाेप्टर अवतरण

| 2019 Sep 17 | 10:58 am 1954

काभ्रे, भदाै ३१: लगातारकाे वर्षाका कारण मौसम खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर ७ वटा हेहिकोप्टर काभ्रेका विभिन्न ठाउँमा आकस्मिक अवतरण गराइएका छन्।

काभ्रेस्थित पाँचखाल र नेपालथोकमा ७ वटा हेलिकाेप्टर आकस्मिक अवतरण  गरिएको  काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ। विभिन्न कम्पनीका हेलिकाेप्टरहरू अवतरण गरिएका हुन् ।  पाँचखालमा मनाङ्ग एयर २ वटा हेलिकोप्टर सिम्रिक एयर र कैलाश एयरको एक हेलिकोप्टर अवतरण गरिएको काभ्रे प्रहरीले जानकारी दिए।

ती अवतरण गरिएका हेलिकोप्टर कहाँबाट  आएको र कति यात्रु रहेको बारे अहिले एकिन जानकारी नभएकाे प्रहरीले जनाएको छ। यसबारेमा थप विवरण आउँन बाँकी रहेकाे बुझिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.