काभ्रेको बनेपा बजारमा बम विस्फोट, झापामा तीन वटा एनसेल टावरमा आगजनी

| 2019 Jul 31 | 06:33 am 2310

काठमाडौैं, साउन १५:  काभ्रेको बनेपा बजारमा बम विस्फोट भएको छ । मध्यराति बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम बिस्फोट भएको प्रहरीले बताए।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाका अनुसार विस्फोट भएको जानकारी पाए लगत्तै घटनास्थलमा प्रहरी परिचालित गिरएकाे र क्षतिको भने कुनै विवरण भने नआएको जनाए ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले बुधबार बागमतीसहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ। उसैले विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्दपि विस्फोटको जिम्मा भने कसैले लिएको छैन।

यस्तै झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेका एनसेल टावरमा आगजनी गरिएको जानकारी प्राप्त भएकाे छ ।

प्रहरीका अनुसार यसअघि पटकपटक नेकपा (विप्लव)ले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन सक्ने प्रहरी अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.