कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक थपलियाको निधन

रिपोर्ट नेपाल | 2018 Jun 29 | 05:11 pm 3809

काठमाडौं, १५ असार :  कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक यादव थपलियाको निधन भएको छ । शुक्रबार अपराह्न करिब पौने तीन बजे  काठमाडौं मेडिकल कलेजमा उनकाे निधन भएको हो ।

थपलियालाई आइतबारदेखि सामान्य ज्वरो आएको थियो । ज्वरो बढ्दै गएपछि बुधबार राति काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएकाे थियाे ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार थपलियालाई भाइरल इन्फ्लुएन्जा भएको थियो। आज बिहान चिकित्सकले नेपालमा भएका कुनैपनि औषधिुले काम नगरेको परिवारलाई बताएका थिए। काभ्रे स्थायी घर भएका थपलियाका श्रीमती र २ छोरी छन्। उनको आजै बेलुकी अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.