कानून संकायमा कोटा प्रणाली हट्यो, अब खुल्ला रूपमा भर्ना लिइने

रिपोर्ट नेपाल | 2018 Jun 30 | 12:33 pm 3655

काठमाडौं, असार १६: त्रि.वि. कानून संकाय अन्र्तगतका सबै क्याम्पसहरूमा कोटा प्रणाली हटेको छ ।

कानून शिक्षालाई व्यवस्थित बनाइने भन्दै केन्द्रीय नेपाल ल क्याम्पसमा ८ सय जना र बाहिरका क्याम्पसहरूमा ५ सयको कोटा निर्धारण गरिएको भएपनि केन्द्रीय विद्यार्थी संगठनको विरोधपछि कानूनमा कोटा प्रणाली हटाइएको हो।

कानून संकायमा कोटा प्रणाली अनुसार प्रवेश परिक्षा समेत भइसकेको थियो । पटक–पटकको विद्यार्थी संगठनको विरोध र चेतावनीका पछि कानूनमा लागु गर्न लागिएको कोटा प्रणाली हटाइएको कानून संकायका डीन ताराप्रसाद सापकोटाले बताए।

कानून अध्ययनका लागी नेपाल ल क्याम्पसबाट मात्रै झण्डै ५ हजार विद्यार्थीले प्रवेश परिक्षा दिएका थिए।

कानूनमा कोटा प्रणाली हटेपछि अब जो कोही इच्छुक विद्यार्थीले खुल्ला रूपमै कानूनको अध्ययन गर्न पाउनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.