कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त

| 2018 Aug 03 | 02:44 pm 2659

काठमाडौं १८ साउन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानुमन्त्रीमा नियुक्त गरेको हो ।

शेरबहादुर तामाङले बङगलादेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको विषयमा तथ्यहिन अभिव्यक्ति दिएपछि विवादमा परेर तामाङले कानुमन्त्रीबाट राजीनामा दिएका थिए । उक्त रिक्त रहेको पदमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ढकाललाई नियुक्त गरेको हो ।

यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादवले पाउने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.