कात्तिकदेखि ई–पासपोर्ट ल्याउने तयारी

रिपोर्ट नेपाल | 2021 Apr 11 | 08:51 am 1965

काठमाडौं, चैत २९ः परराष्ट्र मन्त्रालयअन्तरगत राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट ल्याउने तयारी अघि बढाएको छ ।

सरकारले फ्रान्सेली कम्पनीसँग ई–पासपोर्ट छाप्ने सम्झौता गरेसँगै प्रक्रिया अघि बढेको हो । गत २१ डिसेम्बरमा आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर (नेपाली साढे २ अर्ब रुपैयाँ बढी)बराबरको ठेक्का सम्झौता गरेसँगै प्रक्रिया अगाडि बढेको हो ।

ई–पासपोर्ट जारी गर्ने यसअघि नै विभागले सूचना जारी गरिसकेको छ । आगामी सेप्टेम्बरदेखि इ–पासपोर्ट जारी गर्ने तयारी भएकाले अत्यावश्यकबाहेक एमआरपी नबनाउन विभागले आग्रह गरेको थियो ।

निकट भविष्यमा गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी जारी हुने हुँदा अत्यावश्यक अवस्थाबाहेक राहदानी बनाएर घरमा राख्न मात्र यन्त्रवाचक राहदानी (एमआरपी) नबनाउन नै विभागले सूचना जारी गरिसकेको छ ।

नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहित चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नुपर्ने अवस्था नहुने विभागको विश्वास छ । विश्वका ११५ मुलुकले ई–पासपोर्ट जारी गरिसकेका छन् ।

विभागले अत्यावश्यकबाहेक एमआरपी नबनाउन सर्वसाधारणमा आग्रहसमेत गरिसकेको छ । सरकारसँग भएको सम्झौताअनुसार प्रक्रिया पूरा भए कात्तिक दोस्रो साताबाट ई–पासपोर्ट जारी हुनेछ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.