काठमाडौंमा पत्नी हत्या गरि फरार भएका अनिल पोखरामा पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 28 | 03:10 pm 1769

काठमाडौं, कार्तिक ११ : आफ्नै पत्नी हत्या गरी फरार रहेका युवकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पत्नी लक्ष्मी परियारको हत्या गरी फरार रहेका खोटाङ बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका २२ वर्षका अनिल परियारलाई महानगरीय अपराध महाशाखाको टोलीले पोखरा महानगरपालिका ७ माछापुच्छ्रे टोलबाट पक्राउ गरेको हो ।

गत भदौ १२ गते काठमाडौंको बसुन्धराको स्पीड गेस्ट हाउसको कोठा नम्बर १०१ मा बस्ने परियारले पत्नी १८ वर्षकी लक्ष्मी परियारको हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनले पत्नीको हत्यामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ घर भइ हाल बोहराटार बस्ने लक्ष्मीको शव भदौ १५ गते भेटिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.