काठमाडौंमा चिसो बढ्यो , फेरि पानी पर्ने

| 2019 Feb 01 | 09:03 am 1881

काठमाडौं, माघ १८ : काठमाडौं उपत्यकासहित देशैभरको मौसम पुनः प्रभावित भएको छ । युरोपेली वायुको प्रभावका कारण पुनः मौसम धुम्मिएको र वर्षा तथा हिमपातको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात हुन सक्ने मौसमविद् वरुण पौडेलले जनाकारी दिए ।
आज शुक्रबार र भोलि शनिबार मौसम सफा नहुनुका साथै पानी पर्ने र हिमपात हुने सम्भावना देखिएको उनले जानकारी दिए । आइतबारबाट भने यसको प्रभाव कम हुने जनाइएको छ ।

शुक्रबार काठमाडौंको मौसम केही खुला भए पनि पूर्ण रुपमा नखुल्ने रु अन्यत्रको मौसम पनि दिनभर जसो प्रभावित रहने मौसमविद्वहरुले जनाएका छन् । अहिलेको मौसमी प्रणाली गत साताको जस्तो प्रभावकारी र निरन्तर झरी गराउने प्रकृतिको नभए पनि मौसम भने प्रभावित बन्ने मौसमविद्हरुले बताएका छन् ।

केहि दिन अघि मात्रै परेको पानी र हिमपातका कारण देशभर पुनः चिसो बढेको छ। अहिले देखिएको चिसो करिव ३–४ दिनपछि क्रमश कम हुँदै जाने मौसमविद्हरुले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.