काठमाडौंमा आज वर्षकै न्यून तापक्रम, उच्च पहाडी भेगमा हिमपात

| 2018 Dec 06 | 07:21 am 1443

काठमाडौं, मंसिर २० : देशभरको तापक्रम बिहीबार घटेको छ भने केही हिमाल भेगमा हिमपात समेत भएको छ। आज काठमाडौंको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्षकै कम तापक्रम हो।

यसअघि ३० कार्तिक शनिबार वर्षकै न्यून काठमाडौंको तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो। बुधबार काठमाडौंको तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो।

आज जुम्लाको तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको छ। यहाँ हल्का हिमपातसमेत भएको जनाइएको छ। बुधबार जुम्लामा माइनस ३ दशमलव ५ डिग्री पुगेको थियो। जुम्लामा सोमबार तापक्रम माइनस ४ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो। जुन वर्षकै कम तापक्रम हो।

बुधबार माइनस १ डिग्री मापन गरिएको जोमसोमको तापक्रम बिहीबार माइनस शून्य दशमलव २ डिग्री मापन गरिएको छ। मंगलबार जिरीको तापक्रम ५ दशलमव ५ डिग्री सेल्सियस मापन गरिएको थियो भने बुधबार ४ दशमलव २ डिग्री पुगेको थियो। बिहीबार भने जिरीको तापक्रम ५ दशमलव ४ डिग्री पुगेको छ।

आज दिपायलको तापक्रम ९ दशमलव ८ डिग्री छ भने डडेल्धुराको ५ दशमलव ७ डिग्री पुगेको छ। त्यसैगरी ताप्लेजुङको तापक्रम ८ दशलव ५ छ भने लुम्लेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ।

त्यसैगरी आज धनगढीको तापक्रम ९ दशलव ८ डिग्री छ भने विराटनगरको तापक्रम १३ डिग्री सेल्सियस छ।

आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलि रहि उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपात र पश्चिमि र मध्य पहाडि भेगका १-२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान सुर्योदय ६ बजेर ४१ मिनेटमा भयो भने सुर्यास्त बिहान ५ बजेर ९ मिनेटमा हुने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.