काठमाडौंको बालुवाखानीबाट पेस्तोलसहित एक युवक पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 25 | 02:38 pm 1797

काठमाडौं, पुस ९ : काठमाडौंको बालुवाखानीबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा काठमाडौंले मंगलबार रामेछापको मन्थली नगरपालिका–१३ का ३५ वर्षीय रोशन बर्देवालाई फक्राउ गरेको हो ।

काठमाडौंको चुनीखेलमा बस्दै आएका बर्देवा भगौडा सेना रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार प्रसाद ढकालले जनकारी दिए । पक्राउ परेका बर्देवामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.