काठमाडौंको गेस्ट हाउसमा मृत भेटिए महिला र पुरुष

रिपोर्ट नेपाल | 2018 Oct 25 | 11:36 am 1808

काठमाडौं, कार्तिक ८: काठमाडौंका दुई वटा गेस्ट हाउसमा दुई जना मृत फेला परेका छन्।

गेस्ट हाउसमै मृत अवस्थामा भेटिनुले घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।

काठमाडौं टोखा नगरपालिका-९ बुद्ध टोलस्थित पाँचथर स्याबरुम्बा गेस्ट हाउसको दोस्रो तलाको १०२ नम्बरको कोठामा बस्दै आएकी रुपन्देही बुटवल घर भएकी मीना गुरुङ मृत अवस्थामा बुधबार फेला परेकी हुन्। उनको कसरी मृत्यु भयो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन।

त्यसैगरी काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित कालिका गेस्ट हाउसमा ५/६ महिनादेखि बस्दै आएका अछाम मंगलसेन घर भएका अन्दाजी ५५ वर्षीय रुपबहादुर शाह सोही गेस्ट हाउसको शौचालयमा मृत अवस्थामा फेला परेको हुन्। उनको पनि मृत्युको कारण खुलेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.