काठमाडौं ७ का सांसद रामवीर मानन्धरद्वारा राजीनाको घोषणा, वामदेवलार्इ बाटो खुल्यो

| 2018 Oct 09 | 05:54 pm 2240

काठमाडौं, असोज २३ : नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामाको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मानन्धरले राजीनामाको घोषण गरेका हुन् ।

उनले पार्टीको निर्णयबाटै आफुले टिकट पाएर जितेको र अहिले पनि पार्टीले राजीनामा दिन लगाएपछि राजीनामाको घोषण गरेको बताए । पत्रकारहरुको प्रश्नको उत्तर दिँदै सांसद मानन्धरले बामदेव गौतम पार्टीका लागि लामो त्याग गरेका र आफूजस्तो फुत्त राजनीतिमा आएको व्यक्ति नभएको भनी बामदेव गौतमको प्रशंसा गरे ।

उनले अब जसरी पनि अब वमदेवलाई जिताएरै छोड्ने बताएका छन्। पत्रकारले वामदेवले जित्ने आधार के छ भन्दै गरेको प्रश्नको जवाफमा उनले भने, ‘त्यहाँ हाम्रो पार्टीको संगठन छ। म उहाँलाई जिताउन लाग्छु। घरघरमा गएर जनातालाई सम्झाउँछु। पार्टी संगठनलाई सम्झाउँछु, हार्ने सम्भावनै छैन। काठमाडौं ७ मा बामदेवको जित सुनिश्चित छ।’

सोमबार सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं ७ बाट निर्वाचित नेकपाका सांसद रामवीर मानन्धरलाई राजिनामा गराएर वामदेवलाई उक्त ठाउँबाट उम्मेदवार बनाएर जिताउन प्रस्ताव नै पेश गरेका थिए।

काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसद निर्बाचित भएका हुन । पछिल्लो निर्बाचनमा १८ हजार १ सय २ मत प्राप्त गरी मानन्धर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापाले १० हजार ७९ मत पाएका थिए ।

वामदेव प्रतिनिधिसभा निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका वामदेवले पछिल्लो समय कसरी संसदभित्र पस्ने भनेर अनेक उपायहरु खोजिरहेका थिए । यस भन्दा अगाडि वामदेवले डोल्पा र बाँकेबाट चुनब लड्ने तयारी गरेका थिए । तर उनले डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.