माइतीघरमा कार र मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jun 08 | 11:32 am 2547

काठमाडौं, जेठ २५ : काठमाडौंको माइतीघरमा कार र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ ।

शुक्रबार राति भएको सो दुर्घटनामा परी एक जना घाइते भएका छन् । बा १७ च ४३८४ नम्बरको कारमा बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक काठमाडौं नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डेको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका पाण्डेको उपचारका क्रममा नर्भिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि बसेका तेह्रथुम घर भई नयाँ बानेश्वर बस्ने २२ वर्षीय सन्तोष भण्डारी घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.