काठमाडौं महानगरपालिकाका नासु घुससहित रंगेहात पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 15 | 07:10 pm 1744

काठमाडौं, असार ३० : काठमाडौं महानगरपालिका कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । महानगरपालिकाको समाजिक विकास विभाग, बबरमहलका नायव सुब्बा कृष्ण प्रसाद सोती घुससहित पक्राउ परेका हुन् ।

कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत उनले रकम लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनलाई एक लाख सात हजार रुपैयाँ घुससहित बबरमहलस्थित कार्यालयबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.