काङ्ग्रेसले स्थानीय चुनावमा सत्ता ल्याउन पार्टी प्रवेश गराउनमा जोड

रिपोर्ट नेपाल | 2022 Feb 02 | 12:56 pm 2313

  • महेश सिंह

सिरहा, माघ १९ः स्थानीय चुनाव नजिकै आउँदा सिरहामा नेपाली काङ्ग्रेसका नेताहरुले संगठन बनाउनमा ब्यस्त रहेका छन्। सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति महेश प्रसाद चौधरीको नेतृत्वमा एमाले , जसपा र एकीकृत सामाजवादीका कार्यकर्ताहरूले पार्टी परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका छन्।

No description available.

मुक्ति नाथ यादवका नेतृत्वमा अटो चालकहरुको एक समुहले काङ्ग्रेस पार्टी नै गरिब मजदुरहरुको सहयोग सहारा हो भन्दै लहान र ठाढी सडक खण्ड अन्तर्गत चल्ने सम्पूर्ण अटो चालकहरुले काङ्ग्रेस पार्टी प्रवेश गरेका छन्।

No description available.

भगवानपुर गाउँपालिका नेपाली काङ्ग्रेसका नगरसभापति सुभाष यादवको अध्यक्षतामा बसेको बैठकमा पार्टी प्रवेश गरेको हो। पार्टीको जिल्ला सभापति राम चन्द्र यादव कार्यक्रमको प्रमुख अतिथि रहका थिए । प्रदेश कमिटी सदस्य काङ्ग्रेस नेतृ गुडिया भनिने राजदा खातुन विशिष्ट अतिथि रहेकी थिइन्।

No description available.

नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति महेश चौधरी, बरिष्ठ काङ्ग्रेस नेता सुर्य नारायण यादव, जिल्ला उपसभापति बिष्णु प्रसाद गुप्ता, प्रदेश सभापति सन्तोष उपाध्याय जिल्ला सदस्य कन्हैया गुप्ता प्रदेश सभा (ख) का प्रत्यासी देब नाथ यादव लगायतका नेताहरुको उपस्थितमा पार्टी प्रवेश गरेका हुन्।

No description available.

उक्त पार्टी प्रवेश कार्यक्रम क्षेत्रीय सभापति महेश प्रसाद चौधरीको नेतृत्वमा भएको आयोजकले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.