सशांकको घरमा के पाक्यो खिचडी ?

| 2018 Nov 28 | 05:21 pm 1989

  • रुद्रदेव पाण्डे

काठमाडौं, मंसिर १२ : गएको तीनवटै निर्वाचनमा सर्वानाक पराजय भोगेको नेपाली कांग्रेस आन्तरीक किचलोमा फस्दै गएको गुट-गुटका कोढे बैठक संचालन भइरहेको छ । बिहीबार केन्द्रीय समितिको बैठकमा के-कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने देउवा विपरितका नेताहरु दुई दिन कोइराला परिवारका सदस्यको घर घरमा बैठक बसेका छन् ।

मंगलबार लन्चसहित गिरिजा प्रसाद कोरालाकी पुत्री सुजता कोइरालको निवास मन्टीखाटारमा बसेको एक सामुहको बैठक आज बुधबार वीपीका पुत्र सशांक कोइरालाको निवास टोखामा बसेको थियो । १ बजेदेखि बसेको बैठक ४ बजेसम्म भएको थियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, बलबहादुर केसी, डा. रामशरण महत, नविन्द्रराज जोशी, चन्द्र भण्डारी, दिलेन्द्र वडु, दिलबहादुर घर्ति, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरु घिमिरे, किरण यदव, रमकृष्ण यदव, जिवन परियार लगायतका नेताको उपस्थिती रहेका थिए ।

सुजाता केहि क्षण बसेर स्वास्थ्यको कारण देखाउँदै बाहिरीएकी थिइन् । बैठकमा सहभागि एक नेताका अनुसार आगमी महासमिति बैठकबाट लागु हुने कांग्रेसको विद्यानमा पदाधिकारी ११ जनाको बनाउनुपर्ने र सबै निर्वचनबाट आउनु पर्ने कुरा विखनमा राख्न दबाव दिने सहमती भएको छ ।

बैठकमा नेपाली कांग्रेसको साधरण सदस्य हटाएर नेपाली कांग्रेस सदस्य र कृयाशिल सदस्य राख्नु पर्ने विषयमा समेत छलफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.