कांग्रेसको केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित

| 2021 Dec 21 | 04:41 pm 1985

काठमाडौं, पुस ६ः नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन् । मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरी निर्वाचित भएका हुन् ।

मंगलबार सकिएको मतगणना अनुसार विनोद चौधरीले २२०६ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै मधेसी आरक्षण कोटामा अन्य चार जना पनि निर्वाचित भएका छन् ।

अन्तिम मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन् । उनले २५२२ मत पाएका छन् । त्यस्तै चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.