कांग्रेसका वरिष्ठ नेता पौडेल जिल्ला दौडाहमा, कहिले कहाँ ? (कार्यक्रमका सुचिसहित)

रिपोर्ट नेपाल | 2019 May 06 | 03:44 pm 2169

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भोलि (मंगलबार)बाट देशका विभिन्न जिल्लाहरुमा जाने भएका छन् । नेपाली कांग्रेसकाे संगठन विस्तार तथा कांग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण अभियान र वर्तामान सरकारले गरेका जनविरोधि कार्यहरु जनताका माझमा राख्नका लागि देशका विभिन्न जिल्लाहरु जान लागेका उनका स्वकिय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

उनकाे  भ्रमण रामेछापबाट शुरु भएर  बाजुरा पुगेर सकिने छ । बैशाख २४ गते देखि जेठ १७ गतेसम्मको भ्रमणमा २० वटा जिल्लाहरु पुग्ने समेेत पाैडेलका स्वकिय सचिव अधिकारी जानकारी दिए ।

यस्ताे छ कार्यक्रमहरु

२०७६ बैशाख २४ गते : विहान रामेछाप प्रस्थान, रामेछापमा हुने एम्वुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन ।

२०७६ वैशाख २५ गते : सिन्धुलीबाट जनकपुर प्रस्थान, राष्ट्रिय जागरण अभियान प्रदेश २ को शुभारम्भ सभालाई जनकपुरमा सम्बोधन ।

२०७६ बैशाख २६ गते : जनकपुरबाट उदयपुर जिल्लाको कटारी प्रस्थान, उक्त स्थानमा हुने पार्टी कार्यकर्ता भेलालाई सम्बोधन ।

२०७६ बैशाख २७ गते : उदयपुरको गाइघाटमा हुने पार्टी कार्यकर्ता भेलालाई सम्बोधन।

२०७६ बैशाख २८ गते : उदयपुरबाट सुनसरी प्रस्थान, सुनसरीमा हुने पार्टी कार्यकर्तासंग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन ।

२०७६ वैशाख २९ गते : नेपाल महिला संघ मोरङ्गले आयोजना गरेको महिला भेला कार्यक्रमलाई सम्बोधन ।

२०७६ जेठ २र ३ : लमजुङ जिल्ला स्तरीय कार्यक्रम र दुराडाडा लमजुङमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने ।

२०७६ जेठ ४ : तनहुँमा कुल देवताको पुजामा सहाभागी हुने ।

२०७६ जेठ ६ गते : विहान नेपालगञ्ज हुदै कैलालीको टिकापुरमा कार्यक्रम ।

२०७६ जेठ ७ गते : विहान कैलालीको हसुलीयामा कार्यक्रम र दिनको १ वजे धनगडीमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन ।

२०७६ जेठ ८ गते : विहान कञ्चनपुरको पुर्नवासमा कार्यक्रम र दिनको १ वजे महेन्द्र नगरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन ।

२०७६ जेठ ९ गते : विहान डडेलधुरा प्रस्थान, दिउँसो  नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन ।

२०७६ जेठ १० गते : विहान डडेलधुरा वाट वैतडी प्रस्थान वैतडी जिल्लाको मेलौलीमा हुने वृहत आमसभालाई सम्बोधन गर्नु हुने ।

२०७६ जेठ ११ गते :  विहान दार्चुलाको लागि प्रस्थान दार्चुलामा नेपाली कांग्रेस दार्चुलाको आयोजनामा हुने जिल्ला सम्मेलन लाई सम्वोधन ।

२०७६ जेठ १२ गते : विहान दार्चुलावाट वझाङ्ग प्रस्थान ।

२०७६ जेठ १३ गते : विहान वझाङ्गमा आयोजित नेपाली कांग्रेस जिल्ला कार्यसमिति वझाङ्गले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन ।

२०७६ जेठ १४ गते : डडेलधुरावाट डोटी प्रस्थान । दिपायलमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन ।

२०७६ जेठ १५ गते : डोटीबाट अछाम प्रस्थान, अछामको साँफेबगरमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन ।

२०७६ जेठ १६ गते : अछामबाट बाजुराको मार्तडी प्रस्थान, मार्तडीमा हुने पार्टी कार्यकर्ता भेलालाई सम्बोधन ।

२०७६ जेठ १७ गते : बाजुराबाट काठमाण्डौं फर्कनु हुने कार्यक्रम रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.