कांग्रेस सभापति देउवाविरुद्वको अवहेलना मुद्दा सर्वोच्च अदालतले खारेज गरिदियाे

रिपोर्ट नेपाल | 2018 Dec 21 | 05:18 pm 1570

काठमाडौं, पुस ६ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्धको अवहेलना मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । शुक्रबार प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले देउवाविरुद्धको मुद्दा खारेज गरिदिएको हो ।

शुक्रबार प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमबहादुर श्रेष्ठको संयुक्त इजलाशले उक्त मुद्दाको औचित्य सकिएको भन्दै खारेज गरिदिएका हुन् । अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले सभापति देउवाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।

जयबहादुर चन्दलाई नेपाल प्रहरीको आईजीपी नबनाउन सर्वोच्च अदालतले आदेश दिएलगत्तै नेपाली कांग्रेसले २०७३ चैत दोस्रो साता पार्टी बैठकमै अदालतले कार्यक्षेत्र मिचेको र शक्ति पृथकीकरणको मर्म विपरीत निर्णय गरेको भन्दै विरोध गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.