कांग्रेस महासमिति भेलामा हंगामा, सभापतिसहित केन्द्रीय नेताको भागाभाग

| 2018 Dec 18 | 12:05 pm 27543

काठमाडौं, पुस ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति सदस्यहरुलार्इ अपशब्‍द बोलेपछि महासमिति बैठकमा हंगामा भएको छ। रिपोर्ट नेपाललार्इ प्राप्त सूचना अनुसार मंगलबार बिहान बन्द सत्र सुरु हुनेबेलामा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले विधान मस्यौदा नआएसम्म महासमिति बैठकको औ‍चित्य नहुने बताएपछि सभापति देउवाले अत्यन्त ‘तल्लो दर्जा’को अभिव्यक्ति दिएका थिए।

उनको अभिव्यक्तिपछि नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति एवंम महासमिति सदस्य त्रैलोक्य प्रताप सेनले सभापतिको अशोभनिय अभिव्यक्ति फिर्ता लिर्इ क्षमा याचना गर्नुपर्ने बताउँदै मञ्‍चमा गएपछि सयौंको संख्‍यामा महासमिति सदस्यले सभापति देउवाको विरोध गरेका थिए।

विधान मस्यौदा नआएसम्म र देशभरबाट आएका महासमिति सदस्यलार्इ ‘दास’ का रुपमा नहेर्न चुनौति दिँदै अधिकांश महासमिति सदस्यले विरोध जनाएपछि महासमिति स्थगित भएको छ।

सभापति देउवाले मस्यौदाबिना जबरजर्स्ती बैठक सञ्‍चालन गर्न खोज्दा बैठकमा हात हालहालको स्थति सिर्जना भएको थियो। महासमिति सदस्यले नाराबाजी भएपछि सभापति देउवालगायत मञ्‍चमा बसेका केन्द्रीय नेताहरु बाहिरिएका थिए।

शनिबारबाट सुरु भएको महासमिति बैठकको आज अन्तिम दिन हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.