कांग्रेस महामन्त्रीमा गगन र विश्वको शानदार जित

रिपोर्ट नेपाल | 2021 Dec 16 | 03:51 pm 1885

काठमाडौं, पुस १ः गत २७ गते भएको निर्वाचनमा नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले शानदार जित हासिल गरेका छन् ।

महामन्त्रीमा निर्वाचित गगन थापा शेखर कोइरला टिमबाट चुनावी मैदानमा उत्रिएका थिए भने विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको टिमबाट लडेका थिए ।

निवर्तमान प्रवक्ता समेत रहेका शर्मा शेरबहादुर देउवाको टिममा नपरेपछि सिंहको प्यानलमा गएका थिए । ४ हजार ६ सय ८२ मत मध्ये गगन थापाले ३ हजार २३ मत प्राप्त गरी विजयी भएका छन् । अर्का विजयी उम्मेदवार विश्वप्रकाश शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरेका छन् ।

देउवा प्यानलबाट चुनावी मैदानमा उत्रिएका डा.प्रकाश शरण महतले १ हजार ५ सय ५० मत ल्याएका छन् । देउवा प्यानलकै प्रदिप पौडेलले १ हाजार ४ सय ९ मत ल्याएका छन् भने शेखर कोइरालाको टिमबाट चुनावी मैदानमा उत्रिएका डा.मिनेन्द्र रिजालले ८ सय ९ मत ल्याएका छन् । अर्का डा.राजाराम कार्कीले भने १ सय ७ मत मात्र पाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.