कांग्रेस पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन

रिपोर्ट नेपाल | 2019 Apr 23 | 08:19 pm 2056

काठमाडाैं,वैशाख १० : नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको मंगलबार निधन भएको छ । निमोनिया भएपछि ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहेका नेता ताम्राकारको मंगलबार दिउँसो ३ बजे निधन भएको कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले जानकारी दिए ।

ताम्राकारको स्वास्थ्य स्थिति गंभिर भएपछि चैत अन्तिम साता आईसीयुमा भर्ना गरिएको थियो । ताम्राकार बिगत दुई वर्षदेखि क्यान्सरबाट पीडित थिए । ताम्रकारको घर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा हो ।

ताम्राकार विसं. २०४८ र ५६ मा रुपन्देहीको तत्कालिन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनको स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्रालय सम्हालेका थिए । ताम्रकार कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाका विश्वास पात्रका रुपमा चिनिन्थे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.